आन्टि चिया बन्छ ??
“बन्छ नि बाबू कति ओटा बनाउने हो र ?? ”
एउटा बनाउनुस न Black tea !
एउटा बनाउनुस न Black tea !
“ए हस बस्दै गर्नुस है त ”
हस…अनि सुन्नुस न एउटा सुर्य पनि दिनुस है ,
हस…अनि सुन्नुस न एउटा सुर्य पनि दिनुस है ,
“हामी चुरोट बेच्दैनौ नि बाबू, तिमी जस्तै जवान केटा हरु सबै मेरै छोरा जस्तै हुन ! म मेरा छोरा हरु कुलतमा फसेको कसरी हेर्न सक्छु र ”
म छक्क परे, काठमाडौ भित्रका अधिकाङ्स होटल हरुमा चिया पसल हरुमा चुरोट पाइन्छ, अझ भनौ चुरोट भएन भने पसल नै चल्दैन , तर यहाँ चुरोट नै छैन, अझ भनौ बेच्ने गरेकै छैन रे !
“बाबू छोरा चुरोट खाने नै भए उ तल्लो पसलमा पाइन्छ, गएर ल्याउ” भन्दै मलाई पसल देखाई दिनु भयो !
घरबाट केही टाढा भएकाले घरको यादले नसताउने त कुरै भएन, त्यही माथी चिया साउनिले छोरा भनेर सम्बोधन गरे पछि चुरोट किन्ने आट नै आएन, मैले चिया मात्र पिउने निर्णय गरे !
उहाँ चिया मेरो टेबल मा राखी दिदै ..
करेशा मा रोपेका धनियाका स-साना मुठा बनाउदै बोल्न लाग्नु भयो !
करेशा मा रोपेका धनियाका स-साना मुठा बनाउदै बोल्न लाग्नु भयो !
“तिमी जस्तै छोरो थियो, कुलत मा फस्यो, चुरोट चुरोट बाट बिस्तारै गाजा , साथी भाइ को सङतले हरेक कुरा खान थाल्यो ,
नखा भनेर धेरै सम्झाई बुझाई गरेउ, एक्लो छोरो रिसाएनी माया लाग्ने , उस्का हर चाहाना पूरा गरि दिन नाई नास्ती गरेनौ, हुर्किदै गयो,उस्ले चाहेका कुरा मनखुसी गर्दै गयो ”
नखा भनेर धेरै सम्झाई बुझाई गरेउ, एक्लो छोरो रिसाएनी माया लाग्ने , उस्का हर चाहाना पूरा गरि दिन नाई नास्ती गरेनौ, हुर्किदै गयो,उस्ले चाहेका कुरा मनखुसी गर्दै गयो ”
अनि अहिले चै उस्ले चुरोटहरु खान छोड्यो र आन्टी ?
“अहिले उस्ले चाहेर पनि खान सक्दैन
हाम्ले खाउ बाबू भनेर भन्न पनि सक्दैनौं
साझ ममि ढोका खोल न भन्छ कि झै लाग्छ
यो मोबाईल मा ममि म आज आउदिन साथिकै मा बस्छु है भन्दै फोन गर्छ कि झै लाग्छ ,
कहिलेकाहीँ झुक्किएर उस्लाई पनि खाना बसाल्छु ”
हाम्ले खाउ बाबू भनेर भन्न पनि सक्दैनौं
साझ ममि ढोका खोल न भन्छ कि झै लाग्छ
यो मोबाईल मा ममि म आज आउदिन साथिकै मा बस्छु है भन्दै फोन गर्छ कि झै लाग्छ ,
कहिलेकाहीँ झुक्किएर उस्लाई पनि खाना बसाल्छु ”
म केही बोल्नै सकिन,
चिया पिइ रहे,
चिया पिइ रहे,
” यहाँ चिया पिउन आउने 15-20 जना ले चुरोट छोडी सके बाबू भन्दै धनियाका मुठ्ठा पखाल्न भित्र छिर्नु भयो !
धनियाका मुठ्ठा पखाल्न छिर्नु भयो कि छोराका यादले झरेका आँसु पखाल्न छिर्नु भयो मैले पत्तो पाउन सकिन!
घर फर्किए,
कौसीमा चियाको चुस्की लगाउदै, चुरोट सल्काए र एक चुस्की चिया संगै एक सर्को चुरोट ताने, बिहान कि ति आमाको याद आयो ।
एक पछाडिको अर्को सर्को तान्नै मन लागेन । चुरोटलाई निभ्याए र चिया सिध्याएर तल झरे ।
साझ चुरोटको तल तल लाग्दै थियो तर ति आमाको हातको चियाको पनि ….
( रबिन सापकोटाको फेसबुक वालबाट)

Your Affiliate Profit Machine is waiting -
ReplyDeletePlus, making money online using it is as easy as 1..2..3!
Here's how it all works...
STEP 1. Input into the system which affiliate products the system will promote
STEP 2. Add PUSH button traffic (this ONLY takes 2 minutes)
STEP 3. Watch the affiliate system grow your list and sell your affiliate products all by itself!
Do you want to start making profits??
Your MONEY MAKING affiliate solution is RIGHT HERE
Post a Comment
जान्छु भनी बिदा मागिन हुन्छ भनिदिए😊😊
हिजो भन्दा आज अल्लि भिन्न बनिदिए😍😍
खुसी रहनु सधै भरी यस्तै के के भन्दै थिन😥😥
तिम्लाइ सम्झी कहिल्यै पनि रुन्न भनिदिए 😕😕